Logo
Logo

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै


315
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहने छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि बस्ने भएकोे हो ।

पार्टीको विधान संशोधनबारे बिहीबार सचिवालय बैठकले गरेका निर्णय अनुमोदनका लागि एमालेले पोलिटब्युरो बैठक राखेको हो । बैठकमा पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन् ।

विधान संशोधन प्रस्तावमा शुक्रबार ७ नेताले धारणा राखेका छन । आज बाँकी नेताले यस विषयमा विचार राख्ने भएका छन् । आजको बैठक बिहान ११ बजे सुरु हुने नेताहरूले बताएका छन् ।

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने विषयमा सचिवालयमा जस्तै पोलिटब्युरो बैठकमा पनि नेताहरूबीच चर्काचर्की परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्