काठमाडौं । भ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडक खण्डमा शनिवार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार ब्रेक फेल भएका कारण बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बस घटनास्थलमै रहेको र चालकलाई प्रहरीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














