Logo
Logo

एमाले पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ


1.8k
Shares

काठमाडौं ।  नेकपा (एमाले) को पोलिटब्युरो बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । हिजोदेखि सुरु भएको यो बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणलगायतका विषयमा केन्द्रित रहेको छ ।

The current image has no alternative text. The file name is: yamale-2.gif

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा हालसम्म ३२ जना नेताले आ–आफ्ना धारणा राखेका छन् । आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, बिनोद श्रेष्ठ (लिखित), सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगरलगायतले आफ्ना राय प्रस्तुत गरेका छन् ।

केही नेताले लिखित रूपमा समेत आफ्ना कुरा राखेका छन् । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रुलिङअनुसार बैठक आज साँझ ६/७ बजेसम्म समापन गर्ने तयारी रहेको छ । उनले भने, ‘अहिले करिब ४० जना सदस्यले बोल्न बाँकी छ, र यो क्रम चलिरहेको छ ।’

बैठकमा पार्टी विधानमा उल्लेखित विषयबाहेक ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था, पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता र सदस्यता नवीकरणजस्ता विषयमा पनि छलफल भइरहेको छ ।  पार्टी कमिटीहरूलाई समन्वय र कार्यकारी भूमिकामा अघि बढाउनुपर्ने सुझाव नेताहरूले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्