काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेतमा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका-७ मा बस्ने झापा, शिवसताक्षी नगरपालिका-८ का ४२ वर्षीय सन्तोष सुनुवारलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सुनुवारलाई ललितपुरको महालक्ष्मी नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनले एक जना पीडितबाट कुवेत पठाइदिन्छु भन्दै १ लाख ५३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।पक्राउ परेका सुनुवारलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।














