Logo
Logo

विद्या भण्डारीले एक वर्षअघि नै सदस्यता नवीकरण गर्नुभएको थियोः कर्ण थापा


1.4k
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता दुई वर्षका लागि नवीकरण गरिसकेको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा छलफल चलिरहेकै बेला सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदस्यता नवीकरण अघिल्लो वर्षमै भएको र चालु वर्षको पनि नवीकरण भइसकेको जानकारी दिए ।

उनले भने, ‘‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको पनि त्यसैबेला गर्नुभएको हो, र यो वर्षको पनि भइसकेको छ ।’

तर शनिबार मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए । यसबारेमा थापाले भने, ‘‘कसले के भन्नुभयो, थाहा छैन । तर, हिजोको बैठकमा सदस्यता सम्बन्धी कुनै निर्णय भएको होइन । त्यो विषय पेन्डिङमा पनि छैन ।’

थापाका अनुसार शुक्रबार र शनिबार दुई दिन बसेको पार्टी बैठकमा सदस्यता सम्बन्धी कुनै निर्णय भएको थिएन । उनले भने, ‘‘हिजो कुनै निर्णय भएको होइन । त्यो पेन्डिङमा पनि छैन ।’

हाल ओली र भण्डारीबीच बन्द कोठामा एक्लाएक्लै वार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्