Logo
Logo

सप्तरीको नर्घोबाट ३८९ किलो गाँजा बरामद 


630
Shares

सप्तरी । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–३, नर्घोमा ३८९ किलोग्राम गाँजा बरामद गरिएको छ ।  स्थानीयको घर नजिकैको बाँसघारी, शौचालय र गोठमा १२ वटा बोरामा लुकाइराखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो ।

The current image has no alternative text. The file name is: gaza-drug.gif

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीको गोप्य सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र बनैनिया बोर्डर आउटपोस्ट (बीओपी) को संयुक्त टोलीले नेपाल प्रहरीसँग मिलेर यो बरामद गरेको हो । बरामद गरिएको गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्