Logo
Logo

नेपालले जलवायु परिवर्तन र प्रभावबारे सम्मेलन गर्ने


252
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम २०२५ को एसिया स्वास्थ्य फोरममा सम्बोधन गरेका छन् । डिजिटल स्वास्थ्य रणनीति मार्फत नेपालले नागरिकको स्वास्थ्य पहुँच र गुणस्तर सुधारमा काम गरिरहेको बताउँदै उनले एसियाली देशहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: pardeep.gif

आधुनिक प्रविधिले स्वास्थ्य सेवा लागत घटाउने र व्यवस्थापनमा सुधार ल्याउने उनको भनाइ थियो । मन्त्री पौडेलले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावबारे पनि सम्बोधन गर्दै यस विषयमा सम्मेलन आयोजना गर्ने घोषणा गरे । नेपालले जलवायुजन्य स्वास्थ्य सङ्कट सामना गर्न पहल गरिरहेको उनले बताए ।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले चिनियाँ रोग नियन्त्रण प्रशासनका निर्देशक शेन होङबिनसँग भेट गरी स्वास्थ्य सहकार्य, हेटौँडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा सहयोग र सरकारी अस्पतालमा न्युरो उपचार केन्द्र स्थापनाबारे छलफल गरे । उनले बेइजिङमा रहेका नेपाली समुदायसँग पनि भेटी राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्