काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले ठूला दलहरूले भ्रष्टाचारका फाइल जोगाउन सरकार बनाएको आरोप लगाएका छन् ।

शनिवार रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको बहानामा सरकार गठन भएको र समृद्धि–सुशासनको नारा दिने मन्त्रीहरू नै भ्रष्टाचारमा डुबेको दाबी गरे ।
वाग्लेले सरकारले रवि लामिछानेलाई निशाना बनाएको भन्दै ठूला दलले यसको परिणाम भोग्ने चेतावनी दिए । उनले २८ लाख नेपालीले लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए ।














