Logo
Logo

गुल्मीमा आगलागी, एक युवतीको मृत्यु


441
Shares

गुल्मी । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्