Logo
Logo

सर्खेतमा एक पुरुषले गरे सुतिरहेकी श्रीमतीको हत्या


1.8k
Shares

धनगढी । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेका हुन् । हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । उनले त्यसअघि प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।

वडाध्यक्ष कोइरालाका अनुसार आइतबार बिहानपख करिब दुई÷सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेको थियो । तर, श्रीमतीको हत्या गरेको बताएनन् । तर, उनले दुबईमा भएको छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई फोन गरेर श्रीमती मारेको खबर गरेको वडाअध्यक्ष कोइरालाले बताए ।

त्यसलगत्तै नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ । ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो घरमा दानसिंहका बुवाआमा आएका थिए । बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाएपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेका थिए ।

दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनको एउटा छोरो दुबईमा र एउटी छोरी जापानमा छन् । अर्की एउटी छोरी सुर्खेतमै छिन् ।

प्रतिक्रिया दिनुहोस्