काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरू गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा उनले सत्याग्रह सुरू गरेका हुन् ।

मेयर भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेकाले सात बुदे मागसहित सत्याग्रह सुरु गरेका छन् ।
सिंहदरबारको दक्षिण गेट अगाडि पुगेका उनलाई निषेधित क्षेत्र भएकाले प्रहरीले नियत्रणमा लिएर माइतीघरमा छाडिदिएको हो ।
माइतीघर मण्डला सत्याग्रह सुरु गरेका उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।














