काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए ।

ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण गरे । ज्ञानेन्द्रको पालामा सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनको भनाई थियो ।
दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभने पनि प्रतिबन्ध लगाएको ओलीको भनाइ छ । ज्ञानेन्द्र शाहले नेताहरूलाई जेलमा लगेर थुन्ने, मुद्दा लगाउने, फसाउने र नेताहरूलाई मुद्दा लगाउनका लागि शाही छानबिन आयोग बनाएको बताए । राजाका त्यस्ता क्रियाकलापहरुका विरुद्ध आफू निरन्तर लडेको ओलीले स्मरण गराए ।














