Logo
Logo

कांग्रेस बागमती संसदीय दलको विवाद मिलाउने जिम्मा राजेन्द्र केसीलाई 


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको विवाद समाधान गर्न केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीलाई जिम्मेवारी दिएको छ । 

The current image has no alternative text. The file name is: rajendra-kc.gif

काठमाडौं–१० का प्रतिनिधिसभा सांसद केसीलाई संसदीय दलको विधानअनुसार पर्यवेक्षकको भूमिका दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । केसी आइतबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

बागमतीमा कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले शुक्रवार अविश्वास प्रस्ताव दर्ता गरेका छन् । कांग्रेसका बागमतीमा ३९ सांसद छन् । विधानको दफा २२ अनुसार, अविश्वास प्रस्ताव पारित हुन ५० प्रतिशतभन्दा बढी सांसदको समर्थन र केन्द्रीय पर्यवेक्षकको उपस्थिति आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्