Logo
Logo

प्रचण्ड-नेपालबीच के छलफल भयो ?


13.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । यी दुई नेताहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो । 

The current image has no alternative text. The file name is: prachand-nepal.gif

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको जनाइएको छ । छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मङ्गलवार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको हो ।  पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्