Logo
Logo

हायु परिवारका १९ सदस्यलाई प्रहरीले आफन्तको जिम्मा लगायो


1.4k
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर कास्कीको पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो ।

हायु परिवार यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका हुन् । उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ ।

सोमबार बिहान एकै परिवारका १६ जना सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी तीव्र पारेको थियो ।

सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्ततः पोखराकै गगनगौंडास्थित स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर ज्यामी काम गर्न आएको भन्दै शरण लिएर बसेका थिए । उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले थातथलो छोडेर हिँडेकोबताएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्