Logo
Logo

कुलिङ किर्ते प्ररकण : प्रतिवेदन लेखनमा जुट्यो छानबिन समिति


504
Shares

काठमाडौं । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति प्रतिवेदन लेखनमा जुटेको छ । ‘सोधपुछको कार्य करिब अन्तिमतिर पुगेसँगै समिति सदस्यहरु प्रतिवेदन लेखनको कार्यमा जुटेका हुन् ।

गत असार २३ गते प्रतिनिधि सभा बैठकले कुलिङ पिरियडको व्यवस्थामा भएको हेरफेरका विषयलाई लिएर ७ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो । जसमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य रहेका छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको समितिले बताएपछि सात दिनको समय थप दिइएको छ । अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।

समितिका सभापति जीवन परियारका अनुसार समयमै काम सक्ने गरी समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको छ । प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ । उक्त बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्