
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज संसदीय दलको कार्यालयमा भएको मत विभाजनका क्रममा उनको पक्षमा जम्मा १५ मत परेको हो । उनको विपक्ष अर्थात इन्द्र बानियाँको पक्षमा २२ मत परेको छ ।
मुख्यमन्त्री लामाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, छेत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी रहेका छन् ।
त्यस्तै अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरूमाा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ छन् ।
लामाले संसदीय दलका नेताको हैसियत गुमाएसँगै बानियाँलाई दलको नेता बनाउने तयारी थालिएको छ ।











