Logo
Logo

प्रधानमन्त्रीद्वारा रानीजमरा-कुलरिया सिँचाइ आयोजनाको उद्घाटन


1.6k
Shares

काठमाडौं ।  सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना-राष्ट्रिय गौरवको पाँचौँ आयोजना, मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

The current image has no alternative text. The file name is: oli-11.gif

१२० वर्ष पुरानो यो आयोजना, स्थानीय समुदायले सुरु गरेको नेपालको सबैभन्दा ठूलो सिँचाइ प्रणाली हो । आधुनिकीकरण २०६६/६७ मा सुरु भएको यो आयोजनाको पहिलो चरण २०७२/७३ मा र दोस्रो चरण विश्व बैङ्कको सहयोगमा २०८२ असारसम्म सम्पन्न भयो । 

अब यसले ३४,३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ, जसबाट २३,६२२ घरधुरीका करिब १,४२,३६६ व्यक्ति लाभान्वित हुनेछन् । लम्की विस्तार शाखा नहरबाट थप ६,००० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ ।

आयोजनाअन्तर्गत साइड इन्टेकमा गेट अटोमेसन, डिसेटलिङ बेसिन, फिडर क्यानल, १४ किमि लम्की शाखा नहर, १२० किमि कृषि सडक, २९.३५ किमि नदी नियन्त्रण कार्य र पथरैया नदीमा ३ पुल निर्माण सम्पन्न भएका छन् । तेस्रो चरणको स्तरोन्नतिपछि २०८५/८६ सम्म कन्द्रा नदीसम्म थप १५,००० हेक्टर र कुल २०,३०० हेक्टरमा सिँचाइ विस्तार गर्ने लक्ष्य छ, जुन विश्व बैङ्कको ऋण सहयोगमा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्