Logo
Logo

‘गिरीबन्धु टी-इस्टेटको जग्गा अन्य प्रयोजनमा प्रयोग गरे स्वतः सरकारको हुन्छ’


1.4k
Shares

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गिरीबन्धु टी-इस्टेटको जग्गा चिया बगानबाहेक अन्य प्रयोजनमा प्रयोग गरे स्वतः सरकारको हुने बताएका छन् ।

The current image has no alternative text. The file name is: adhikari.gif

मङ्गलवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले गिरीबन्धु टी-इस्टेट चिया बगानकालागि लिएको जग्गा भएकाले अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने बताए । 

उनले तराईमा व्यक्तिले १० बिगाहासम्म जग्गा राख्न पाउने र भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको जानकारी दिए । भूमिहीन दलित र सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अघि बढ्ने उनले बताए । 

विधेयकमाथि ९९ संशोधन प्रस्ताव दर्ता भएका छन् । सांसदहरूले वास्तविक जनताको समस्या समाधान हुने गरी विधेयक अघि बढाउन सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्