Logo
Logo

समाजवादी मोर्चाको बैठकमा के छलफल भयो ?


1k
Shares

काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ ।

The current image has no alternative text. The file name is: samajbadi-morcha-1.jpg

मङ्गलवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मूलभूत रूपमा मोर्चा सफल रहे पनि केही प्रश्नहरू भने बाँकी नै रहेको निष्कर्ष निकालेको छ । 

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले  आजको बैठकमा यसलाई सुदृढ गरेर अघि बढ्ने गरी छलफल भएको जानकारी दिए । उनले भने, ‘मूलभूत रूपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्  ।  मोर्चाले जुन ढङ्गले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रूपमा परिपूर्ती गर्ने काममा केही सीमा रहे ।’

सोही कारण पनि पछिल्लो दिनमा मोर्चामाथि प्रश्न उठेको उनले स्वीकार गरे ।  ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौँ,’ उनले भने ।

समाजवादी मोर्चालाई अहिलेको वस्तस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सुदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले बताए ।

आज बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चामा रहेका पार्टीहरुबीच एकताको विषयमा छलफल हुने ठानिएको थियो । माओवादी केन्द्रले समाजवादी पार्टीलाई एकताको लागि अफर गरिसकेको छ । तर, समाजवादी भने अहिले नै एकिकरणको पक्षमा देखिएको छैन ।  

प्रतिक्रिया दिनुहोस्