Logo
Logo

रविप्रति ओलीको कटाक्ष-ठगी गरेपछि अदालतले थुन्छ 


819
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेको थुनामा सरकारको कुनै हात नरहेको बताएका छन् । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन कार्यक्रममा बोल्दै उनले लामिछानेमाथि सरकारले प्रतिशोध लिएको भन्ने आरोप निराधार रहेको दाबी गरे ।

The current image has no alternative text. The file name is: kp-sharma-oli-rabi-lamichhane.jpg

उनले भने, ‘अपराध गरेर सरकारलाई गाली गर्नेरु सरकार अदालत होइन । अदालतले थुन्छ वा छोड्छ, त्यो सरकारको हातमा हुँदैन । ठगी गरेपछि अदालतले थुन्छ, गलत काम गर्दा आँखा नदेख्ने, अनि पछि प्रतिशोध भन्ने ?’ 

सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई लक्षित गर्दै ओलीले आफूले कुनै प्रतिशोध नराखेको बताए। उनले भने, ‘मैले नै रविलाई गृहमन्त्री बनाएँ, राजनीतिमा ल्याएँ। कस्तो प्रतिशोध ? ‘

रास्वपाले लामिछानेको पक्षमा चलाएको हस्ताक्षर अभियानप्रति कटाक्ष गर्दै ओलीले भने, ‘असभ्य ढङ्गले बोल्ने, तथाकथित हस्ताक्षर अभियानरु मलाई त डर लाग्छ, कतै तीन करोड नाघ्ला कि! हस्ताक्षर किर्ते हो, दुई–चार जनाले सही गरेर लाखौँ भन्छन् ।’

प्रतिक्रिया दिनुहोस्