काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि पदाधिकारी बैठक बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।














