
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा सबेधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)का बारेमा सम्बोधन गर्ने भएका हुन् ।
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ छलफलका ालागि प्रस्तुत गर्ने कार्यचूची छ ।
सो प्रतिवेदनमाथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।














