
काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।
बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ गराउने तयारी भएपनि एमालेका कारण शपथ रोकिएको हो । नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर संवेदनशील अवस्थामा सरकार विस्तार नगर्न अनुरोध गरेपछि मुख्यमन्त्री अलमलिएका छन् ।














