Logo
Logo

संसद्‌मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू नै निदाए


567
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन् ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा कैद भएको छ। सम्बोधनका लागि पुगेका प्रधानमन्त्री ओली उनीहरूकै लहरमा छेउमा बसेका छन् ।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्तासमेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ सुतिरहेको तस्बिर चर्चामा थियो ।

प्रतिक्रिया दिनुहोस्