Logo
Logo

आज ओली-देउवा भेट्दै, एजेण्डा मन्त्री हेरफेर


2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच आज बिहान ११ः ३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने भएकाे हाे । भेटमा सरकारका कामकारबाही र विधेयकमा देखिएको असमझदारीबारे छलफल हुने बताइएकाे छ ।

त्यस्तै मन्त्री हेरफेरको एजेण्डामा पनि छलफल हुने बालुवाटार स्रोतले बतायाे । प्रधानमन्त्री ओलीले औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्रिहरु हेरफेरको तयारी गरेका छन् । तर, देउवा तयार नहुँदा ओलीले मन्त्रिहरु हेरफेर गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्