Logo
Logo

पार्टी राष्ट्र र समाजको सेवा गर्ने माध्यम हो : आरजु राणा देउवा


189
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पार्टीभित्र व्यक्तिगत स्वार्थले असमझदारी बढाउन नहुने बताएकी छन् । कास्की कांग्रेसले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले स्वस्थ प्रतिस्पर्धालाई स्वीकार गर्दै पार्टीलाई विभाजनबाट जोगाउनुपर्नेमा जोड दिइन् ।

‘पार्टी व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने थलो होइन, राष्ट्र र समाजको सेवा गर्ने माध्यम हो,’ उनले भनिन् । बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको योगदानले पार्टी यो स्थानमा पुगेको उल्लेख गर्दै उनले उनीहरूको मार्गदर्शन पालना गर्नुपर्ने बताइन् ।

आगामी १५औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि एकताबद्ध भएर पार्टी सुदृढ हुने विश्वास उनले व्यक्त गरिन् । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गरी सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले युवा पलायन रोक्न र देशमा केही गर्ने वातावरण बनाउन सबैको दायित्व भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्