Logo
Logo

बालुवाटारमा ओली-देउवाबीच के छलफल भयो ?


1.7k
Shares

काठमाडौं । सत्तारूढ दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । सरकारको कामकारबाही, मन्त्री हेरफेरलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको यो बैठकमा मन्त्री फेरबदलको विषयमा भने कुनै चर्चा नभएको जनाइएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार बैठकमा सरकारको कार्यक्षमता अभिवृद्धि, विधेयकहरूलाई अन्तिम रूप दिएर कानुन निर्माण गर्ने र बागमती प्रदेश सरकारको विषयमा छलफल केन्द्रित थियो । ‘मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएन,’खड्काले भने, ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो। यो विषय कांग्रेसको भएकाले हामी आफैँ मिलाउँछौं, एमालेले सहयोग गरिरहेकै छ ।’

उनले बागमती प्रदेशको समस्या चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सरकारको समग्र कार्यसम्पादन, बजेट कार्यान्वयनमा तीव्रता ल्याउने र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्