Logo
Logo

नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई बनायो अध्यक्ष


1.1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ । हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: lalabir-chudhari.gif

यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।

यता रञ्जिता श्रेष्ठले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको भन्दै संसदीय दलका नेता गङ्गाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समिति बोलाएको भन्दै चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्