Logo
Logo

गृहमन्त्री लेखक र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकबीच भेट


315
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेकी छन् ।
सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच बिहीबार भेटवार्ता भएको हो । भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन्।

The current image has no alternative text. The file name is: lekhak-1.gif

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्‍याउन सक्रिय रहेको बताए। विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उनले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्