
काठमाडौं । पहिरोले मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । गएराति जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलामा पहिरो खस्दा मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार पहिरो झरेर सडक पुरिँदा राजमार्गमा सवारी आवगमन ठप्प भएको भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।














