Logo
Logo

कोदालोको पासोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


882
Shares

काठमाडौं । पाँचथरको फिदिममा श्रीमान्ले कोदालोको पासोले हान्दा श्रीमतीको मृत्यु भएको छ ।

गएराति फालेलुङ–७ घर भएका २७ वर्षीय महेन्द्र तामाङले पारिवारिक विवादमा ससुराली घर नजिकै कोदालोको पासोले हान्दा श्रीमती २२ वर्षीय अनु राईको ज्यान गएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी अनुको उपचारका कम्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रुपेश तामाङले जानकारी दिए । तामाङका अनुसार उनीहरु बीच घरायसी विवाद र मनमुटाव रहेको खुलेको छ ।

श्रीमतीलाई कोदालो प्रहार गरेपछि फरार भएका तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६ सिवास्थित गोले गाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्