Logo
Logo

चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति


2.2k
Shares

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

The current image has no alternative text. The file name is: chakre-milan-team-pakrau.jpg

महाराजगञ्जको एक होटलबाट पक्राउ परेका ४७ मध्ये २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनामाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालगायत छन् ।

मध्यराति होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको हो । परेकाहरूमा   केही होटलका ग्राहक र असंलग्न व्यक्तिहरू पनि रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्