Logo
Logo

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने


3.6k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार सशर्त राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिवार बूढानीलकण्ठमा भएको छलफलमा लामाले आफूले नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने सर्तमा राजीनामा दिन सहमत भएका हुन् ।

मुख्यमन्त्री लामाले साउन १४ गते गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार नेकपा एमालेले यी मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठ छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा यी तीनै मन्त्रीलाई शपथ खुवाउने सहमति भएको बताए ।

बूढानीलकण्ठमा दलभित्रको विभाजनलाई समेत मिलाउने विषयमा कुराकानी भएको चित्रकारले जानकारी दिए । मुख्यमन्त्री लामा साउन १४ गते पार्टीको प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग दलको नेताको निर्वाचनमा पराजित भएका थिए ।

पराजयपछि उनलाई राजीनामा गर्न पार्टीभित्रै दबाब बढेको थियो । सभापति देउवाले बिहीबार लामालाई बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए। शनिवारको छलफलमा देउवाले बानियाँ र लामासहित १४ जना सांसदलाई राखेर सहमति जुटाएका हुन् । यो सहमतिले बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्