Logo
Logo

जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला


2k
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य सङ्कटमा पर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए ।

The current image has no alternative text. The file name is: sekharrr.gif

कोइरालाले लोकतन्त्र बिना नेपाली जनताको भविष्य असम्भव रहेको स्पष्ट पारे । बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने भन्दै उनले युवालाई पार्टीमा जोड्नुपर्नेमा जोड दिए । विराटनगर महानगर वार्ड नं. ४ को नेपाली कांग्रेस कार्यसमितिले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान समारोहमा बोल्दै कोइरालाले लोकतन्त्रको स्थायित्व र देश विकासमा कांग्रेसको भूमिका युवालाई बुझाउनुपर्ने बताए ।

उनले राजनीतिप्रति युवाको वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे । युवालाई कांग्रेसको विचार र इतिहासप्रति आकर्षित गर्न सकिए पार्टी र लोकतन्त्र दुवै बलियो हुने उनको धारणा छ । 

प्रतिक्रिया दिनुहोस्