Logo
Logo

सुनकोशी नदीमा हामफालेर एक जना बेपत्ता


315
Shares

काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा तेमाल गाउँपालिका-३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी बेपत्ता भएका छन् ।

The current image has no alternative text. The file name is: sunkoshi.gif

 जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिवार दिउँसो मलुवा भन्ने स्थानबाट उनले नदीमा हामफालेका थिए । 

प्रत्यक्षदर्शी स्थानीयको खबरपछि प्रहरी चौकी पचुवारघाटको टोली र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् । बेपत्ता माझीको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्