Logo
Logo

समृद्धिको सपना पूरा गर्न दृढताका साथ अघि बढ्नुपर्छ : ओली


189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सङ्कल्पलाई दृढतापूर्वक पूरा गर्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको २८ औँ तुल्सीलाल स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभक्ति र समृद्धिको सपना साकार पार्न वर्तमान पुस्ताले दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

The current image has no alternative text. The file name is: oli-6.gif

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले तुल्सीलालले निष्ठा र त्यागमा आधारित राजनीतिक आदर्शलाई अनुसरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संविधानसभामार्फत गणतन्त्र स्थापना गर्ने अग्रजहरूको दूरदृष्टिका कारण नै नेपालको संविधान बनेको स्मरण गरे ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । साथै, प्रा.श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तकको विमोचन पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्