Logo
Logo

कसैले माग्दैमा खुरुक्क राजीनामा दिन्नँ : झलनाथ खनाल


1.4k
Shares

The current image has no alternative text. The file name is: jhalanath.gif

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग गरेको विद्रोहको औचित्य साबित गर्न नसके स्वतः गलत हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि उनले भने ‘हामीले विद्रोह गरेको कुरा गलत हो भन्ने मेरो धारणा छैन, तर औचित्य साबित गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन्छ ।’

‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’ 

उनले वैचारिक, राजनीतिक र सैद्धान्तिक आधारमा बहस चलाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए । खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पनि बोले ।

उनले संविधानले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नरोकेको उल्लेख गर्दै वामपन्थी दलहरूबिच एकता र साझा मोर्चा निर्माणको अवस्थामा भण्डारीको कदमलाई समर्थन गर्ने बताए । उनले नेकपा एमालेलाई लचिलो र वामपन्थी एकताको आधारमा अगाडि बढाउने प्रतिबद्धतासहित भण्डारी आएमा त्यो राम्रो हुने र आफू समर्थन गर्ने बताए । 

अध्यक्ष नेपालसँगको अन्तरसंघर्षका बीच खनालले वामपन्थी दलहरू मिलेर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने र एमालेलाई साझा आधारमा एकताबद्ध बनाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्