
काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ पक्राउ परेका छन् । ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा उनी शनिबार पक्राउ परेका हुन् ।
१४ साउनमा ठमेलकै दोहोरी साँझमा भएको झगडामा संलग्न भइ फरार रहेका गुरुङलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।
सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो ।
क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाइसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ परेका थिए । यर, ओम्नियाका सञ्चालक राजेन्द्र भने फरार थिए ।














