
काठमाडौं । सरकारले ३४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरेको हो ।
सरुवा हुनेहरुमा लेखनाथ न्यौपाने, महेन्द्र विश्वकर्मा, सिद्धराज जोशी, नरबहादुर चन्द, अच्युत श्रेष्ठ, जेमा सुब्बा, मशे सुवेदी लगायत रहेका छन् । उनीहरूको शुक्रबार अन्तिम समयमा सरुवा गरिएको हो ।














