Logo
Logo

सरकारी साक्षीले नै घुस दिए, अख्तियारले हाल्यो मुद्दा


1.8k
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षी भएर विशेष अदालतमा बयान दिने व्यक्तिविरूद्ध नै मुद्दा दर्ता गरेको छ ।

साक्षी बसेका बाँके कोहलपुर नगरपालिकाका डम्बरबहादुर बुढाथोकीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकार प्रतिवादी रतनबहादुर जिसीसमेत भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेर बयान दिएका बुढाथोकीले पनि घुस दिएको देखिएपछि उनीविरूद्ध मुद्दा चलाइएको हो ।

बुढाथोकीले पनि जग्गाको मोठ भिडाउन सहजीकरण गरिदिन शान्ति पुन (बिचौलिया) रतनाबहादुर जिसी, हरिचन्द पाण्डे तथा घनश्याम तिवारीलाई २० हजार रूपैयाँ घुस दिएको अख्तियारको आरोप छ ।

उनले २०८२ असार २६ गतेका दिन अनुसन्धान अधिकृत समक्ष बयान प्रतिकूल हुनेगरी बकपत्र दिएका थिए।

प्रतिक्रिया दिनुहोस्