काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता नीतिले महिलाको सशक्तीकरण नहुने बताएका छन् । बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन समारोहमा बोल्दै उनले समावेशिता अस्थायी व्यवस्था भएको र यसले मात्र महिलाको प्रतिनिधित्व नबढ्ने तर्क गरे ।

ओलीले कोस्टारिका र क्युबाका उदाहरण दिँदै महिलाको सशक्तीकरणबाटै डाक्टर, प्रोफेसरजस्ता पेसामा उनीहरूको बाहुल्यता बढेको बताए ।
उनले भने, ‘समावेशीताले डाक्टर वा इन्जिनियर बन्दैन, यो केवल राजनीतिक पदका लागि हो । सक्षमता र शिक्षाले मात्र महिलालाई अघि बढाउँछ ।’ उनले मानव जातिमा कुनै पनि विभेद हुन नहुनेमा जोड दिए ।














