काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पेस गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्षको प्रतिवेदनमाथिभन्दा धेरै उपमहासचिव जनार्दन शर्माको टिप्पणीमा अधिकांश नेताहरूले आलोचना गरिरहेका छन् । आजको बैठकमा शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरू प्रति कटाक्ष गरे।
‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरुले भित्रभित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु ?’ उनले भने, ‘पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अड्डिरहन्छु। ३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ।’














