Logo
Logo

बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै


504
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

The current image has no alternative text. The file name is: lama-1.gif

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार पत्रकार सम्मेलनबाट मुख्यमन्त्री लामाले राजीनामा दिन लागेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिवार बूढानीलकण्ठमा भएको छलफलमा लामाले आफूले नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने सर्तमा राजीनामा दिन सहमत भएका थिए। मुख्यमन्त्री लामा साउन १४ गते पार्टीको प्रदेश सभापति इन्द्रबहादुर बानियाँसँग दलको नेताको निर्वाचनमा पराजित भएका थिए ।

पराजयपछि उनलाई राजीनामा गर्न पार्टीभित्रै दबाब बढेको थियो । सभापति देउवाले बिहीबार लामालाई बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । शनिवारको छलफलमा देउवाले बानियाँ र लामासहित १४ जना सांसदलाई राखेर सहमति जुटाएका थिए । 

प्रतिक्रिया दिनुहोस्