तनहुँ । तनहुँमा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्यसमध्ये गम्भीर २ घाइतेलाई चितवनस्थित भरतपुर अस्पताल रेफर गरिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा बा२ ख १०७७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नारायणगढबाट गोर्खातर्फ जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको हो । बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन गरिएको छ ।














