Logo
Logo

प्रचण्डले आत्मालोचना गर्नुपर्दैन : अग्नि सापकोटा


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । स्थायी समिति बैठकमा भएको छलफलबारे आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीलाई जानकारी गराउँदै उनले नेतृत्वले आत्मालोचना गर्नु नपर्ने बताए ।

The current image has no alternative text. The file name is: Agni-Sapkota.jpg

उनले भने ‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । जर्नादनले नेतृत्वको विषयमा बोल्नुभएको छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, सङ्गठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । तर अहिले प्रचण्डको विकल्प छैन ।’

उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत ११ लाखमा झर्नुको कारण नेतृत्वको कमजोरीका कारण भएकाले आत्मालोचना गर्नुपर्ने मत राखेका थिए । त्यसको जवाफमा सापकोटाले भने-‘राजनीतिमा ३१ लाखबाट ११ लाखमा झर्‍यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्न सक्छ । अध्यक्षले आत्मालोचना गर्न केही काम गर्नुभएको छैन । एकाधले भनेको कुनै अर्थ छैन ।’

यस्तै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पनि पार्टीभित्र गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘बैठक चलिरहेको छ । जसले गल्ती गर्‍यो, उसले आत्मालोचना गर्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्