Logo
Logo

लिचि बगैंचा घुस प्रकरण : एमाले नेता सुजन लामा निलम्बित 


2.1k
Shares

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ घुस प्रकरणमा मुछिएका सुजन लामालाई निलम्बन गरेको छ ।

The current image has no alternative text. The file name is: sujan-lama.gif

प्रदेश कमिटीको शनिवार र आइतबार बसेको बैठकले बिचौलियाको आरोप लागेका लामालाई निलम्बन गर्ने निर्णय गरेको हो । 

लामाले तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

लामालाई सफाइ नपाएसम्म निलम्बन गरिएको र उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई सचिव धनन्जय दवाडीले बताए । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसैगरी, सोही प्रकरणमा मुछिएका प्रदेश विभाग सदस्य के। गिरीलाई पनि निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्