Logo
Logo

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ पर्यो धेरै पानी ?


630
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ति जिल्लामा मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।

यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ । यस्तै, दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो ।

लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्