Logo
Logo

सप्तकोसीमा पानीको बहाब उच्च, २३ ढोका खोलिए


567
Shares

काठमाडौं । सप्तकोशी नदीको २३ वटा ढोका खोलिएको छ । निरन्तरको वर्षाका कारण पानीको बहाब उच्च भएपछि सप्तकोसी ब्यारेजको २३ वटा ढोका खोलिएको हो ।

सप्तकोशीमा ५२ वटा मूल र चार नहरका गरेर ५६ ढोका रहेका छन् । जसमध्ये अहिले २३ खुल्ला गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ । आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको छ

कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।

सोही अनुसार रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाब हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्