
काठमाडौं । खोटाङमा बोलेरो गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो आज बिहान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका १ दौत्यखोलास्थित मध्येपहाडी लोकमार्ग सडकमा गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खोटाङ प्रहरीका अनुसार दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर छ । अहिले घाइतेहरुको उद्धार गरि एम्बुलेन्समार्फत उपचारको लागि उदयपुरतर्फ पठाइएको छ ।














